युक्रेनका विद्रोहीले खसाले सैनिक विमान

काठमाण्डु टुडे २०७१ असार ११ गते ३:५३ मा प्रकाशित

काठमाण्डु, ११ असार– रुस समर्थित व्रिद्रोहीले रकेट बम आक्रमण गरेर मुलुकको पूर्वी क्षेत्रमा युक्रेनी सेनाको एमआई–८ हेलिकोप्टर खसालेका छन् ।

heli
आक्रमणमा हेलिकोप्टरमा सवार सबै ९ सैनिकको ज्यान गएको छ । सकारले ल्याएको मात्र शान्ति योजनाको स्वागत गर्दै शुक्रबारबाट युद्धविराम गर्ने बताएका विद्रोहीले सैनिक बिमान खसालेपछि हिंसा रोक्न भइरहेका प्रयासले सार्थकता पाउनेमा आशंका उत्पन्न भएको छ ।

विद्रोहीले आफू नियन्त्रित स्लोवियास्क सहरको बाहिरी क्षेत्रमा रकेट बम प्रहार गरी विमान खसालेको सरकारी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति पेट्रो पोरोशेले विद्रोहीले युद्धविरामको सिद्धान्तविपरीत आक्रमण गरेकाले शान्ति योजना भंग हुनसक्ने चेतावनी दिएका छन् ।

ucraini bidrihi

विद्रोहीलाई सघाएको आरोप खेप्दै आएका रुसी राष्ट्रपति भ्लामिदिर पुटिनले सरकारले एक साताका लागि गरेको युद्धविराम शान्ति प्रयासका लागि पर्याप्त नरहेको प्रतिक्रिया दिएका छन् । युद्धविरामको अवधि थपिएको खण्डमा मात्र सरकार र विद्रोहीबीच सार्थक वार्ता हुन सक्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us