तेरिया र विमलका लागि एमाओवादी नेता विष्टले लेखे कविता

काठमाण्डु टुडे २०७१ असार ८ गते १५:४० मा प्रकाशित

काठमाण्डु, ८ असार– एकीकृत माओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले भारतीय टेलिभिजन च्यानल जिटिभीको रियालिटी शो डान्स इन्डिया डान्स teriya-bimal(डिआइडी) लिटिल मास्टर्स–३ को उपाधि विजेता टेरिया मगर र राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्तीमगरको सम्मानमा कविता लेखेका छन् ।
विष्टमगरले उत्पीडित समुदायका दुई बाल प्रतिभाहरु मुलुककै गहनाका रुपमा अघि बढेकाले खुसी लागेर कविता खेलेको बताए । ‘विमल र तेरियाप्रति’ शीर्षकको उनको कविता यस्तो छ :
प्यारा भाइबहिनीहरु, कहिल्यै तिमिहरु फुटबलको शिखर चुम्दै चुम्दै जाऊ
कहिल्यै विश्व ब्रम्हाण्डका घुम्ती र मोडहरुमा नाच्दै–नाच्दै जाउ
सगरमाथा र बुद्धको माटोबाट शान्ति र प्रगतिको शंखघोष गर्दै
अनन्त र अनवरत विकासको छलाङ मार्न लम्क अघिअघि
चुनौतीका महासागर हरु तर्दै
आखिर विजय र भविष्य सारा तिम्रै हो

रुपन्देही रुद्रपुरकी १२ वर्षीया बालिका टेरियाले शनिबार राति भएको फाइनलमा चार प्रतिस्पर्धीलाई लगाउँदै उपाधि हात पारेकी थिइन् । उपाधिसँगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाएकी छन् ।
यस्तै विमल घर्तीमगर एन्फा एकेडेमीले उत्पादन गरेका आश लाग्दा खेलाडी हुन् । उनी अण्डर– १६ टिमका कप्तान हुन् । एकैपटक राष्ट्रिय टिममा आएका विमलले गत भदौमा नेपालमा भएको साफ च्याम्पियन सिपको समूहचरणअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा चमत्कारिक गोल गरेपछि एकाएक चर्चामा आएका थिए ।

त्यतिबेला विमलले गोल नगरेको भए नेपालको दोश्रो चरण प्रवेश कठीन थियो । बेल्जिएमको एक प्रसिद्ध फुटबल क्लबले उनलाई प्रशिक्षणका लागि बोलाएको छ । प्रशिक्षणसँगै उनले एक वर्ष त्यही क्लव्बका तर्फबाट खेल्नेछन् । प्रदर्शन राम्रो भएको अवस्थामा उनलाई सोही क्लबले अनुबन्ध गर्नेछ । त्यसो भएको खण्डमा युरोपेली लिग खेल्ने उनी पहिलो नपाली हुनेछन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us