बासी खाना खाँदा एकै परिवारका ११ बिरामी

काठमाण्डु टुडे २०७१ असार ८ गते १४:४३ मा प्रकाशित

सिरहा, ८ असार– बासी खाना खाँदा सिरहा तरेगना गोविन्दपुर–७ मा एकै परिवारका ११ जना बिरामी परेका छन् ।
बिरामी परेका सबैको लहानस्थित फ्रेन्ड्स मोडल अस्पतालमा उपचार भइरहेको छ । स्थानीय मो इब्राहिल मियाँका बुबा हाजी एलुन हक, आमा जुलेखा खातुन, श्रीमती आइशा खातुनलगायत ११ जना बिरामी परेका हुन् ।

बिरामी पर्नेमा चार जना बालबालिका रहेकाछन् । उनीहरुको अवस्था सिकिस्त रहेको इब्राहिमले बताए । खानामा बासी दाल मिलाएर खाँदा सबै बिरामी परेको इब्राहिमका छोरा इसराफिलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us