१०१ वर्षीय वृद्धद्वारा मतदान

काठमाण्डु टुडे २०७१ असार ८ गते ८:४० मा प्रकाशित

चितवन, ८ असार – चितवन क्षेत्र नं ४ मा आज भइरहेको उपनिर्वाचनमा १०१ वर्षीय जीवराम दवाडीले विद्युतीय मतदान यन्त्रमार्फत मतदान गरे ।

उनले गीतानगर गाउँ विकास समितिमा रहेको हिमालय उच्च मावि चम्पानगर मतदान स्थलबाट बिहान ९ बजे मतदान गरेका थिए । चम्पानगर निवासी भण्डारीले आफूले एकै वर्ष दुईपटक मत खसाल्न पाएका भन्दै खुसी व्यक्त गरे ।

यसैगरी, भरतपुर–७ ख मतदान केन्द्रमा कृष्णपुर बस्ने ९२ वर्षका जगतलाल महर्जनले बिहान ७ः४५ बजे मतदान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us