
अर्घाखाँची, ८ असार – अर्घाखाँचीको ठाडा–३ कोप्चीबासमा गएराति जन्ती बोकेको बस दुर्घटना हँुदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।
जुकेनाबाट जन्ती लिएर बुटबल जाँदै गरेको लु१ख ७५९३ नम्बरको माइक्रोबस सडकबाट तल खसेर दुर्घटना हँुदा रुपन्देही पानबारी–४ का ४८ वर्षीय पुनाराम भट्टराई र सालझण्डी–८ की जमुना पाख्रेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र जिसीले बताए ।
घाइतेहरुको बुटवलमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए ।