आमाछोराको ओछ्यानमै घाँटी रेटेर हत्या

काठमाण्डु टुडे २०७१ असार ८ गते ३:५१ मा प्रकाशित

जनकपुर, ८ असार– जनकपुरमा घरमा सुतिरहेका आमाछोराको गएराति हत्या भएको छ ।
जनकपुर–४ आनन्दनगरकी २७ वर्षीया मैतुल खातुन र उनका सात वर्षीय छोरा अमरुल साफीको हत्या भएको हो । उनीहरुको शव ओछ्यानमै भेटिएको प्रहरीले जनाएको छ । दुवैको हत्या धारिलो हतियार प्रहारबाट भएको दुवैको हत्या धारिलो हतियारबाट भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरुको घाँटी रेटिएको छ । खातुनका श्रीमान वैदेशिक रोजगारीमा छन् । यसैबीच घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us