उपत्यकाको सबैभन्दा लामो भोटोजात्रा सम्पन्न

काठमाण्डु टुडे २०७१ असार ८ गते ११:३४ मा प्रकाशित

ललितपुर, ८ असार– वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन आइतबार भोटो देखाइएको छ ।
Bhoto-Jatraजात्राको अन्तिम दिन भोटो देखाउने परम्पराअनुसार जावलाखेलमा आयोजित समारोहमा राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा भोटो देखाइएको हो ।

गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले मच्छिन्द्रनाथको रथको चार कुनाबाट ती तीन पटक भोटो समातेर सबैलाई देखाएका थिए । ‘यो भोटो आफ्नो हो भन्ने प्रमाण कसैसँग छ ?’ भन्ने अर्थमा हरेक वर्ष भोटो देखाउने गरिन्छ ।

समारोहमा राष्ट्रपतिले भोटोको अवलोकनपछि मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्नाका साथै दक्षिणा प्रदान गरे । भोटोजात्रामा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष मन्त्रिगण, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न निकायका प्रमुख एवम् जिल्लास्थित दलका नेता, सभासद् एवम् हजारौं सर्वसाधारणको सहभागिता थियो ।
भोटो देखाएसँगै करिब डेढ महिना लामो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us