नेकपा–माओवादीेद्वारा एमाओवादी उम्मेदवारलाई भोट

काठमाण्डु टुडे २०७१ असार ८ गते ५:३८ मा प्रकाशित

काठमाण्डु, ८ असार– गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा काँग्रेस–एमालेका पक्षमा मतदान गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आइतबार सम्पन्न उपनिर्वाचनमा भने एकीकृत माओवादी उम्मेदवारलाई मतदान गरेको छ । mohan
नेकपा–माओवादीले चारवटै निर्वाचन क्षेत्रमा अनौपचारिक सर्कुलर जारी गरेपछि कार्यकर्ता र समर्थकले एमाओवादी उम्मेदवारका पक्षमा मतदान गरेका हुन् । चारवटै निर्वाचन क्षेत्रमा नेकपा–माओवादीका कार्यकर्ता र समर्थकको उत्साहजनक उपस्थिति देखिएको थियो ।

अघिल्लो संविधानसभा निर्वाचनमा केन्द्रमा बहिस्कारको नीति बनाए पनि तल्लो तहका कार्यकर्ताले एमाओवादी उम्मेदवार हराउन काँग्रेस–एमाले उम्मेदवारलाई भोट दिएका थिए ।

दुई पार्टीबीच तत्काल राजनीतिक एजेण्डाका आधारमा कार्यगत एकता गर्ने र पछि पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएलगत्तै नेकपा–माओवादीले एमाओवादी उम्मेदवारलाई सघाएको हो ।

अघिल्लो निर्वाचनमा दुई क्षेत्रमा निार्वचित सभासदले छाडेका काठमाण्डु–२, चितवन–४, बर्दिया–१ र कैलाली–६ मा आइतबार उपनिर्वाचन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us