माधव नेपाल एमाओवादी कार्यकर्ताको घेराबन्दीमा

काठमाण्डु टुडे २०७१ असार ७ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, ७ असार– एकीकृत माओवादी कार्यकर्ताले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाण्डुको गोठाटारमा घेराबन्दी गरेका छन् ।

madhav nepalआइतबार हुने निर्वाचन प्रभावित पार्ने उद्देश्यले मतदातालाई पैसा बाँड्न गएको अरोपमा माओवादी कार्यकर्ताले गोठाटारस्थित जडिबुटीमा शनिबार साँझ उनलाई घेरेका हुन् ।

काठमाण्डु–२ का उपनिर्वाचनका उम्मेदवार कृष्णगोपाल श्रेष्ठका साथ पैसा बाँड्दै हिंडेको थापा पाएपछि आफ्ना कार्यकर्ताले घेराबन्दी गरेको एमाओवादी केन्द्रीय सदस्य केशव नेपालले काठमाण्डु टुडेलाई बताए ।

उनले सरकारी सुरक्षाकर्मीको आडमा नेता नेपालले स्थानीय एमाले कार्यकर्ता ढालबहादुर प्रधानको घरमा बसेर मतदातालाई पैसा बाँडेको आरोप लगाए । एमाओवादी कार्यकर्ताले नाराबाजी गरेपछि नेता नेपाल त्यहाँबाट हिंडेका थिए ।

‘निर्वाचन प्रभावित गर्ने उद्देश्यले पैसा बाँड्दै हिंडेको पाइयो’, एमाओवादी नेता नेपालले भने, ‘हाम्रा साथीहरुले नाराबाजी गर्दै घर हेरा हालेपछि भागेछन् ।’

गत ४ मंसिरमा रौतहट र काठमाण्डुबाट निर्वाचित भएका नेपालले काठाण्डु–२ छाडेका थिए । दुई क्षेत्रमा सभासद निर्वाचित भएका काठमाण्डु– २ सहित, चितवन–४, बर्दिया–१ र कैलाली–६ मा आइतबार उपनिर्वाचन हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us