डनवादको आरोप खेप्दै आएको युवासंघ ओली पक्षको कब्जामा

काठमाण्डु टुडे २०७१ असार ७ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, ७ असार– एमालको नवौंं राष्ट्रिय महाधिवेशनका लागि युवा संघ नेपालबाट छानिएका अधिकांश प्रतिनिधि अध्यक्षका प्रत्यासी संसदीय दलका नेता केपी ओली kp oliपक्षधर छन् ।
संघले सर्वसम्मतिका आधारमा पाँच छनोट भएको संघकी उपाध्यक्ष निरु पालले बताइन् । प्रतिनिधि चयन हुनेमा संघका अध्यक्ष महेश बस्नेत उपाध्यक्षद्वय नीरु पाल र झपट रावल, महासचिव राजीव पहारी तथा सचिव चन्द्र लामा छन् ।

ती मध्ये रावल मात्र अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपाल पक्षका छन् । संघमा ओली पक्षको पकड छ । ओली पक्ष बलियो भएकै कारण संघलाई लषित गर्दै नेता नेपालले पार्टीमा डनवाद, धनवाद र गनवाद हाबी भएको बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us