
पर्सा, ६ असार –जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार अञ्चल यातायात व्यवस्था कार्यालय नारायणी वीरगन्जबाट आठजना दलाललाई पक्राउ गरेको छ । कार्यालयमा आएका सेवाग्राहीलाई विभिन्न परपञ्चमा पारी रकम असुली गरेको अभियोगमा प्रहरीले दलालहरूलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले वीरगन्ज–१८ निवासी प्रदीपकुमार गुप्ता, वडा नम्बर १४ निवासी प्रमोद कुमार, सुरेश महतो, वडा नं ८ निवासी प्रकाश रौनियार, रुपेश ढकाल, मनोजकुमार नेपाली, श्रीकान्त ठाकुर र रामनरेश महतोेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
यातायात कार्यालयका अधिकारीसँग आप्mनो राम्रो चिनजान छ, काम चाँडै गरिदिन्छु भन्दै सेवाग्राहीसँग दलालहरू अनधिकृत रकम असुली गर्ने गरेको पूर्वसूचनाका आधारमा कारबाही गर्दा कार्यालय परिसरबाट आठैजनालाई पक्राउ गरिएको उपरीक्षक सिंहले बताए ।
पक्राउ परेकालाई जिप्रकामा राखी आवश्यक अनुसन्धान भइरहेको र उनीहरूमाथि केही सार्वजनिक अपराध मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ ।