
काठमाण्डु, ६ असार – संविधानसभाको वैठक आजपनि बस्ने भएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा विहान ११ बजेपछि बस्ने बैठकमा नयाँ संविधानमा शासकीय स्वरुप कस्तो हुने भन्ने विषयमा धारणा राख्ने छन् ।
संविधानसभामा दलिय ह्वीप नलागेपनि सभासद्हरुले पार्टीका घोषणा पत्रमा भएको विषयमै धारणा राख्दै आएका छन् ।
जसले गर्दा दलहरुका बिचमा सासकिय स्वरुपका विषयमा एक मत हुन सकेको छैन् । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय पद्दतिको पक्षमा छ भने एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा छ ।
एकीकृत माओवादी भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने अडान राख्दै आएको छ । संविधानसभामा रहेका साना दलहरु पनि सासकिय स्वरुपका विषयमा विभाजित छन् ।