प्रधानमन्त्री आएपछि मात्रै एआइजी बढुवा

काठमाण्डु टुडे २०७१ असार ६ गते १:३२ मा प्रकाशित

police_logoकाठमाण्डु, ६ असार –एआइजीमा बढुवा गर्न बढुवा समितिले गरेको सिफारिस लोकसेवा आयोगले संशोधन गरेपछि पनि बढुवाबारे तत्काल निर्णय नहुने भएको छ ।

अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद्बाट हुने निर्णय गर्ने अधिकार कार्यवहाक प्रधानमन्त्री वामदेव गौतमलाई दिएका छैनन् ।

पुनरावलोकन समितिको निर्देशन मान्न सरकार बाध्य हुने प्रहरी नियमावली ०७१ मा व्यवस्था छ । तर, प्रधानमन्त्री कोइराला अमेरिकाबाट नफर्किएसम्म यो विषय टुंगो नलाग्ने देखिएको छ । प्रधानमन्त्री कोइराला फर्किने टुंगो नलागेकाले एआइजी बढुवा लम्बिने देखिएको छ ।

उता, प्रहरीको एआइजी बढुवा सच्याउन लोकसेवाले दिएको निर्देशन गृह मन्त्रालयमा गुपचुप राखिएको छ । बढुवा पुनराबलोकन समितिले बढुवा समितिको सिफारिसमा संशोधन गर्दै मंगलवार गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । पुनराबलोकन समितिले गृह सचिव अध्यक्षताको बढुवा समितिले सिफारिस गरेका सात डिआइजीमध्ये केहीको नाम हटाई सिफारिस नभएकाको नाम राखेको छ । तर हटाइएका र थपिएका नाम खुलेको छैन । पुनरावलोकन समितिले पठाएको खामवन्दी नखोलिएको जानकारी नभएको गृहका अधिकारीले वताएका छन् ।आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us