अमेरिकाले इराकी विद्रोहीविरुद्ध संक्षिप्त सैन्य कारबाही गर्ने

काठमाण्डु टुडे २०७१ असार ६ गते १:२२ मा प्रकाशित

काठमाण्डु, ६ असार– संयुक्त राज्य अमेरिकाले इराकका विद्रोह गरिरहेका शून्य लडाकु विरुद्ध संक्षिप्त सैन्य कारबाही गर्ने भएको छ ।
barak obamaराष्ट्रपति बाराक ओवामाले विद्रोहीविरुद्ध आवश्यक संक्षिप्त कारबाही गरिने बताएका छन् । तर अमेरिकी सेना पुन: इराक भने नफर्कने उनले स्पष्ट गरेका छन् ।

राष्ट्रिय सुरक्षा परिषदसँगको वार्तापछि राष्ट्रपति ओवामाले तत्काल विद्रोहीविरुद्ध संक्षिप्त सैन्य कारबाहीका लागि तीन सय जना सैन्य सल्लाहकार इराक पठाउने बताएका छन् । उनले इराकमा हाल देखिएको समस्याको सैन्य नभई राजनीतिक समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

इराकी अधिकारीहरुले विद्रोहीविरुद्ध सैन्य कारबाहीका लागि सघाउन आग्रह गरिरहेका बेला ओवामाले सैन्य कारबाहीले समाधान ननिस्कने धारणा सार्वजनिक गरेका हुन् । यसैबीच ओवामाले इराकका प्रधानमन्त्री नुरी अल मलिकीको आलोचना गरेका छन् ।

उनको सुन्नीविरोधी अभियानले इराकमा हिंसा बढेको ओवामाको भनाइ छ । ओवामाले इराकमा भइरहको हिंसालाई साम्प्रदायिकताका लागि एक समुदायको पक्षमा लागेर अर्कोविरुद्ध सैन्य कारबाही नगर्ने स्प्ष्ट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us