
प्यूठान, ६ असार– प्यूठानको खुङ गाविस–८ खालामा पहिरोले घर बगाउँदा तीन जनाको इजान गएको छ ।
मृत्यु हुनेमा ३० वर्षीया देवा भण्डारी १० वर्षीय आषिश गिरी र ८ वर्षका आयुसा गिरी रहेको प्यूठान प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर अन्य दुई जना हराइरहेका छन् । हराएकाको खोजीकार्य जारी छ । राति करिब १० बजेतिर माथिबाट खसेको पहिरोले तीन घर बगाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।