कम्प्युटरसँग नाता जोड्न सकिने

काठमाण्डु टुडे २०७१ असार १ गते १०:३२ मा प्रकाशित

computer

काठमाण्डु – अब प्रेमी या प्रेमीका नभएर दु:ख मान्नुपर्दैन । २०२९ सम्ममा कम्प्युटरसँग ‘माया पिरती’ जोड्न सकिने एक भविष्यवेत्ताले बताएका छन् ।

अंग्रेजी चलचित्र ‘हर’ मा एक पात्रले कम्प्युटरसँग माया जोडेको कहानी देखाइएको छ । यस्तो कहानीलाई केहि वर्षमा मानिसले वास्तविक प्रयोग गर्न सकिने बनाउने गुग्गलका इन्जिनियरीङ डाइरेक्टर रे कुर्जविलले बताएका छन् ।

उनले ‘हर’ चलचित्रमा देखाइएको दृश्य आउने दिनको सटिक चित्र भएको ठोकुवा गरेका छन् ।

उनले भने ‘ अबको केहि वर्ष अर्थात २०२९ सम्ममा प्रविधीसँग भावनात्मक सम्बन्ध जोड्न सकिने छ । कम्प्युटरले मानव जीवनको चाहना बुझ्न सक्नेछ । र नाता जोड्न सकिने छ । ’

उनका अनुसार मानिसलाई जोक्स सुनाउने, पिरतीका कुराकानी गर्ने, रोमान्टिक बनाउने, प्रेम र केयर गर्ने र यौनिक बनाउन सहयोग पुग्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us