सुन चोर्न पसलभित्र छिरेका दुईजना पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ४:४७ मा प्रकाशित

चितवन, २५ जेठ – चितवनको मुग्लिनबजारमा सुन चोर्न ताला फोरेर पसलभित्र छिरेका दुईजनालाई प्रहरीले सुनपसलभित्रै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार आज बिहान करिब ३ बजेको समयमा उनीहरूलाई स्थानीय त्रिवेणी सुन पसलबाट पक्राउ गरिएको हो  ।

सुन पसलको ताला काटेर भित्र छिरेको भनी स्थानीयले दिएको सूचनाका आधारमा  प्रहरीलाई खबर गरेपछि मुग्लिन प्रहरी सो पसल घेराउ गर्न पुगेको थियो । प्रहरी आएको चाल पाएपछि पसलको भित्रपट्टिबाट उनीहरूले सटरमा ताला लगाएका थिए । पछि प्रहरीले भित्तो फोरेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा  राजकुमार थापा र रमेश थापा रहेका प्रहरीले जनाएको छ । एकजना चितवनका र एक नुवाकोट घर भएका उनीहरूको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us