प्रहरी कार्यालयमा रातभर तनाव

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ४:०८ मा प्रकाशित

गोरखा, २५ जेठ – जिल्ला प्रहरी कार्यालय गोरखामा शनिबार रातभरी तनाव सृजना भएको छ । सवारी दुर्घटनामा निर्दोष मानिसलाई दोष लागेपछि सुरु भएको विवाद युथ फोर्स र तरुण दलको झगडामा परिणत भएको हो ।

युथ फोर्सका जिल्ला अध्यक्ष वसन्त गुरुङ र तरुण दलका नेताहरु राजनराज पन्त, शरण श्रेष्ठ निर्दोष व्यक्तिलाई छुटाउन प्रहरी कार्यालय पुगेका थिए । उनीहरु वीच प्रहरी निरीक्षकको कार्यालयमा वार्तालाप भइरहँदा गुरुङले टेबुल फुटाउन थालेपछि प्रहरी कार्यालय भित्रै दोहोरो झडप सुरु भएको थियो ।

प्रहरीले गुरुङलाई संरक्षण गरेको आरोप लगाउँदै बाहिर निकाल्न नारावाजी गरिरहेका तरुणदलका कार्यकर्ताहरुले प्रहरीलाई तथानाम गाली गर्न थालेपछि वातावरण थप तनावग्रस्त बनेको थियो ।

युथ फोर्स नेता गुरुङलाई बाहिर निकालेर प्रहरीले घर पठाएको थियो । प्रहरी कार्यालय बाहिर कुरेर बसेका युर्थफोर्स कार्यकर्ताहरुले तरुण दलका कार्यकर्तामाथि आक्रमण गर्न थालेपछि स्थिति थप तनावग्रस्त भयो ।

युर्थफोर्सका कार्यकर्ताले हानेको ढुङ्गाले नेपाली काँग्रेसका नगरसभापति समेत रहेका राजनराज पन्तलाई टाउकोमा लागेपछि उपचारका लागि प्रहरीले गोरखा अस्पताल पु¥याएको थियो । घाइते पन्तको टाउकोमा चोट रहेको र उपचार पछि घर फर्केको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us