अज्ञात रोगले बिहारमा १९ बालबालिकाको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ३:४० मा प्रकाशित

काठमाण्डु, २५ जेठ – अज्ञात रोगका कारण भारतको बिहारस्थित मुजफ्फरपुर शहरको एक सरकारी अस्पतालमा १९ बालबालिकाको मृत्यु भएको छ ।

थप ७० बालबालिकाको उक्त अस्पतालमा उपचार भैरहेको छ । बिहारका स्वास्थ्य सचिव दिपक कुमारले उपचार गराईरहेका बालबालिकाको मृत्यु भएको पुष्टी गरेका हुन् । उनका अनुसार त्यस क्षेत्रमा पछिल्ला केहि बर्षदेखि अज्ञात रोगको प्रकोप बढिरहेको छ ।

स्वास्थ्य सचिव दिपक कुमारले मे महिनाको अन्त्यतिरबाट मुजफ्फरपुरमा अज्ञात रोगका बिरामी बढिरहेको र सरकारले निशुल्क उपचारको व्यवस्था गरेपछि सफल नभएको बताएका छन् । अधिकारीहरुका अनुसार मुजफ्फपुर लगायत मोतिहार, बैशाली, सितामढी र शिवहर जिल्लामा पनि अज्ञात रोगका कारण थुप्रै बालबालिकाको मृत्यु भैसकेको छ ।

मुजफ्फरपुरका स्थानीय सञ्चारमाध्यमहरुले भने शनिबारसम्म २९ बालबालिकाको मृत्यु भैसकेको बताएपनि आधिकारीक पुष्टि भैनसकेको भारतीय समाचारसंस्था पिटिआईले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us