अर्थमन्त्री महतले आफ्नो निर्वाचन क्षेत्रमा करोडौं बाँडेको खुलासा

काठमाण्डु टुडे २०७१ जेठ २० गते १२:४९ मा प्रकाशित

काठमाण्डु – विपक्षीले आर्थिक वर्षको अन्त्यमा सरकारले रकमान्तर गरी अर्बौं रकम अनियमित ढंगले बाँडेको भन्दै व्यवस्थापिका–संसद बैठक अवरुद्ध गरिरहेका बेला अर्थमन्त्री रामशरण महतले आफ्नो गृहजिल्ला नुवाकोटमा जथाभावी रकम बाँडेको पाइएको छ ।
ramsharan
महतले नुवाकोटका ४९ वटा योजनामा १ करोड ५४ लाख रुपैयाँ विभिन्न मन्त्रालयबाट रकमान्तर गरी बाँडेका हुन् । महतले अधिकांश योजनामा काँग्रेस कार्यकर्तामार्फत पैसा पठाएका छन् । उनले एउटा योजनामा कम्तिमा २ दुईदेखि बढीमा १० लाखसम्म बाँडेका छन् ।

नुवाकोटको पनि आफ्नो निर्वाचन क्षेत्रलाई उनले रकम बाँड्नमा प्राथमिकतामा राखेका छन् । महत दोश्रो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट नुवाकोट–२ बाट संसिवधानसभा निर्वाचनमा विजयी भएका थिए ।

अर्थमन्त्री महतले ४९ वटा योजनामध्ये नुवाकोटका १ र २ नम्बर क्षेत्रमा मात्र १० वटा र आफ्नो क्षेत्रका ३९ वटा योजनामा बजेट पठाइएका छन् । अधिकांश रकम सडक स्तरोन्नति, विद्यालय, नदी नियन्त्रणका नाममा निकाशा भएको छ । तर रकमको प्रकृति हेर्दा त्यति कम रकमले कुनै पनि योजनामा प्रभावकारी काम हुने सम्भावना देखिंदैन । उनले विदुर नगरपालिका वडा नम्बर– १८ विनपा बागवाणी आवासीय क्षेत्रमा सडक स्तरोन्नति शीर्षकमा ३ लाख रकम पठाएको देखिन्छ । तर विदुर नगरपालिकामा ११ वटा भन्दा वडा नै छेनन् ।

व्यवस्थापिका–संसदको मंगलबारको बैठक अवरुद्ध गर्नुअघि समय लिएर बोलेका सदभावना सभासद लक्ष्मणलाल कर्णले अर्थमन्त्रीले राज्यकोषको ब्रम्हलुट गरेर आफ्नै निर्वाचन क्षेत्रमा १ करोड ५४ लाख बाँडेको आरोप लगाएका थिए ।

‘अर्थमन्त्री भनेको देशको हो कि आफ्नै निर्वाचन क्षेत्रको मात्र हो ? के आफू बाँड्ने ठाउँमा रहेको भन्दैमा गैरकानुनी तवरले जथाभावी बजेट बाँड्न पाइन्छ ? कर्णले भनेका थिए, ‘के अर्थमन्त्रीको व्यवहारले उहाँ एउटा निर्वाचन क्षेत्रको मात्र मन्त्री हो कि देशकै मन्त्री हो भन्ने प्रश्न उठेको छ, सभामुख महोदय ।’

कहाँ–कहाँ बाँडे महतले रकम ?

१. सुन्दरादेवी मन्दिर मर्मत सम्भार एवम् निर्माण, कल्याणपुर, ५–३ लाख

२. थानसिङ बहुमुखी क्याम्पस, थानसिङ– ३ लाख

३. सिद्धि गणेश प्रावि, थानसिङ, १ भट्टथोक–३ लाख

४. थानापति मन्दिर जिर्णोद्धार, थानापति–२ लाख

५. वेत्रावती–तल्लो केराघारी कुलापानी सडक स्तरोन्नति–५ लाख

६. आउविसे ब्रम्हक्षेत्र आँपचौर सडक स्तरोन्नति–३ लाख

७. वीपी स्मृति मोटरबाटो बागेश्वरी सडक स्तरोन्नति–३ लाख

८. लिखु पुल–भेडाबारी–बयगाउँ सडक स्तारोन्नति–३ लाख

९. छाउला वडा नं ३ सतिदेवी–युवाक्लव–गाविस भवन सडक स्तरोन्नति–३ लाख

१०. ढिकुरे–फलाँटे सडक कल्भर्ट–५ लाख

११. ढुंगेबजार–ग्यालथुम–गोल्फु भञ्ज्याङ सडक स्तरोन्नति–३ लाख

१२. कमल मणिक निमावी भवन– २ लाख

१३. गेर्खु–बागेश्वरी–नुवाकोट सडक स्तरोन्नति–६ लाख

१४. कोल्पुटार–लामाचौर–दुईपिपल सडक स्तारोन्नति– ५ लाख

१५. भट्टथोक–सालघारी–थोक्रे सडक स्तरोन्नति–३ लाख

१६. मानेथोक–मिश्रगाउँ सडक स्तरोन्नति–३ लाख

१७. मानेभञ्ज्याङ–जिम्माङ–बेतिनी सडक स्तरोन्नति–४ लाख

१८. छापथोक–सुवेदी डाँडा सडक स्तरोन्नति–३ लाख

१९. तादीखोला–गणेस्थान–डोटेलबेसी–गणेस्थान–चार सय फाँट नदी नियन्त्रण–३ लाख

२०. कुडुले बगर नदी नियन्त्रण–३ लाख

२१. लप्टनडाँडा खेलमैदान–२ लाख

२२. लस्यु–खोले मैदान–खानीगाउँ सडक स्तरोन्नति–२ लाख

२३. आँपचौर ढल निर्माण–२ लाख

२४. खरानीटार बजार नाली निर्माण–२ लाख

२५. घ्याङफेदी प्रावि, घ्याङफेदी–३ लाख

२६. मंगला निमावि, लच्याङ–३ लाख

२७. शान्ति कल्याण निमावि, गेर्खु–३ लाख

२८. साल्मे गाविस वडा नं …मा रहेको पटाटाङ राम्बा जिर्णोद्धार तथा पुन: निर्माण–२ लाख

२९. वीपी स्मृति भवन ममर्त, विदुर–३ लाख

३०. छहरे खोला कल्भर्ट निर्माण–२ लाख

३१. दलितबस्ती–बनदेली–खानीखोला सडक स्तरोन्नति–३ लाख

३२. पिपलाडी–६ देखि पश्चिम श्याली नदी जाने बाटो ह्युमपाइप र सडक स्तरोन्नति–२ लाख

३३. वि.न.पा.१ युवा प्रगति प्रा.वि. कुण्डा भवन मर्मत, निर्माण–३ लाख

३४. विनपा, १८ बागवाणी आवासीय क्षेत्रमा सडक स्तरोन्नति–३ लाख

३५. छत्रेखोला–बुधसिंह–नेवारपानी र भाल्चे–सप्चेत–साल्मे सडक स्तरोन्नति–२ लाख

३६. महाकाली–३ खरियाखोर बेज्रा मुलाबारी सडक स्तरोन्नति–२ लाख

३७. ककनी–रानीपौवा–छहरे–धन्सार हुँदै मदानपुर सडक स्तरोन्नति–५ लाख

३८. कविलास–२ पुरानोडाँडा–सुवेदी डाँडा सडक स्तरोन्नति– २ लाख

३९. काउले गाविस–किर्नेबगर–१ हुँदै मनकामना–धादिङ सडक स्तरोन्नति–३ लाख

४०. लब्धु–हल्ले सडक सडक स्तरोन्नति–३ लाख

४१. बेलडाँडा–फटपुर सडक स्तरोन्नति–३ लाख

४२. कुतवम्पा–भेलेडाँडा गाविस भवन–वेतिनी सडक स्तरोन्नति–२ लाख

४३. बेलकोट–५ पञ्चकन्या मन्दिरबाट शिवचौतारो सडक स्तरोन्नति–३ लाख

४४. मनकामना–फिकुरी–काउले–भाल्चे–गोगने भञ्ज्याङ सडक स्तरोन्नति–३ लाख

४५. बोहर–सानो भार्ले सडक स्तरोन्नति–३ लाख

४६. खरानीटार–रालुका सडक स्तरोन्नति–३ लाख

४७. तादी–बालकुमारी–मानेभञ्ज्याङ सडक स्तरोन्नति– ३ लाख

४८. थानसिङ सामुदायिक संस्था सामुदायिक अस्पताल–१० लाख

४९. उत्तरगया क्षेत्र विकास समिति–गेर्खु–बेत्रावती सडक स्तरोन्नति– ३ लाख

ramram2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us