योगेश भट्टराईले अनलाइन चलाउन थाले

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १४:२९ मा प्रकाशित

काठमाण्डु, १८ जेठ – एमाले युवा नेता योगेश भट्टराईले व्यक्तिगत वेबसाइट चलाउन थालेका छन् ।
yogeshराजधानीमा अनलाइन पत्रकाहरुको उपस्थितिमा आइतबार भएको एक कार्यक्रममा भट्टराईले योगेश भट्टराई डकमट नामक वेबसाइटको औपचारिक सुरुवात गरेका हुन् ।

वेबसाइटमा आफ्ना निजी विचार, पार्टी दस्तावेज, अडियो, भिडियोसहितका गतिविधि राखिने उनले बताए । आम जनतासागको प्रत्यक्ष सम्पर्कमा पुग्न सजिलो हुने ठानेर आफूले वेबसाइट सञ्चालन थालेको भट्टराईले बताए ।

उनले नवौं महाधिवेशन नजिकिादै जाँदा केही युवा नेताले समेत उत्तेजनात्मक अभिव्यक्ति दिन थालेको भन्दै भोलिको पार्टी हाँक्ने नेतृत्वले आवेगात्मक अभिव्यक्ति दिन नहुने विचार व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us