संसदीय सुनुवाई समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०७१ जेठ ४ गते २:१५ मा प्रकाशित

काठमाण्डु, ४ जेठ –सर्वोच्च अदालतले न्यायधीश सिफासिका विषयमा न्यायापरिषदका पदाधिकारीसँग सनुवाई गर्न नपाइने फैसला गरेपछि अप्ठ्यारोमा परेको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठकमा अदालतको फैसला र आगामी कदमका बिषयमा छलफल हुने छ ।
यसअघि संसदीय सुनुवाइ समितिले न्यायापरिषदका पदाधिकारीलाई डाकेर बहसको तयारी गरेको थियो । सिफारिस अनुमोदन गर्ने वा केही न्यायाधीशको नाम अस्वीकृत गर्ने भन्नेमा दलहरुभित्रै पनि धुव्रिकरण भएको छ । संसदले न्यायपालिकालाई कानून बनाएर नियन्त्रण गर्न सक्ने व्यवस्था छ ।

न्यायपरिषद्ले गत बैशाख ९ गते सर्वोच्चमा रहेको रिक्त स्थायि न्यायधिश पदमा ८ जनाको नाम सिफारिस गरेको थियो । जसमा विवादास्पद छविका न्यायधिशको नाम सिफारिस भएको भन्दै सभासद्हरुले न्यायलय जानबाट रोक्नुपर्ने धारणा राख्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us