सिरियाली विद्रोहीलाई होमस् सहरबाट सारियो

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते ११:५१ मा प्रकाशित

सिरिया , २५ वैशाख – सिरियामा युद्धग्रस्त सहर होमस् कम्तीमा ८० प्रतिशत विद्रोही लडाकूलाई त्यहाँबाट विस्थापित गरिएको समाचार छ ।

बिहीबार बाँकी रहेकाले पनि सो सहर छोड्ने प्रान्तीय गभर्नरले एएफपी समाचार समितिलाई जनाएका छन् ।

असी प्रतिशत विद्रोहीले सो सहर छोडिसकेका र बाँकी २० प्रतिशतले बिहीबार छोड्ने गभर्नर बराजीले एएफपी समाचार समितिलार्ई जनाएका छन् ।

बुधबार ९८० व्यक्तिले सो सहर छोडेका, जसमा प्रायः विद्रोही नै रहेका जनाइएको छ । तीमध्ये महिला र बालबालिकासहित केही सर्वसाधारण पनि रहेको बताइएको छ ।

होमस् सहरको २० किलोमिटर उत्तरमा पर्ने डार अल कबिरामा अब ३०० देखि ४०० विद्रोही बाँकी रहेका छन् । सिरियाली सरकार र सिरियाली विद्रोहीबीच भएको युद्धविराम सम्झौताका कारण विद्रोहीहरूले होमस् सहर छाडेको बताइएको छ ।

सरकारसँगको सहमतिमा विद्रोही समूहले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा छाडेको यो पहिलोपटक भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us