एमाओवादी सम्मेलनमा पार्टी एकताको विरोध

काठमाण्डु टुडे २०७१ वैशाख २० गते १४:५२ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– एकीकृत माओवादीको राष्ट्रिय विराटनगरमा जारी राष्ट्रिय सम्मेलनका प्रतिनिधिले एमाले र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग तत्काल maoist-flagपार्टी एकता सम्भव नरहेको बताएका छन् ।
विराटनगर सभागृहमा शनिबार भएको बन्दशत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा उनीहरुले कार्यदिशा फरक रहेका कम्युनिष्ट समूहसँग तत्काल एकता सम्भव नरहेको बताएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रस्तावमा ‘एकता र ध्रुवीकरणबारे उपशीर्षकमा एमाले र नेकपा–माओवादीसँग एकताका लागि पहल गर्ने उल्लेख गरेका छन् ।

तर प्रस्ताव वाचन गरेर सुनाउने क्रममा उनले सिंगै एमालेसँग नभई एमालेभित्रका क्रान्तिकारीसँग एकता गर्ने  प्रष्टीकरण दिएका थिए । एमालेसँग पार्टी एकता गर्नुको अर्थ हाम्रो विचारमा एमाले आउने होइन, उसको विचारमा हामी जाने भनेको हो’, समूहगत छलफलको निष्कर्ष पेश गर्दैै अखिल क्रान्तिकारीका नेता जागृत रायमाझीले भने, ‘माओवाद, सर्वहारा, अधिनायकत्व  र बलप्रयोगको सिद्धान्त नमान्ने एमालेसँग कसरी एकता हुन सक्छ ?’

उनले राजनीतिक कार्यदिशा मिले नेकपा–माओवादीसँग भने उकता गर्न नकिने बताए । त्यसअघि अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै नेता बाबुराम भट्टराईले राजनीतिक कार्यदिशा स्पष्ट नगरी एकताको कुरा गर्नुको अर्थ नरहेको बताएका थिए ।
शनिबार समूहगत छलफलको निष्कर्ष पेश गरेका चार वटै समूहले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावको मुल स्पिरिट ठीक भएको बताएका छन् । २२ वटा समूहमध्ये सत्या पहाडी, जागृत रायमाझी, कमला नहर्की र रामनारायण बिडारीले धारणा राखेका छन् । बन्दशत्र आइतबार बिहान ८ बजे पुन: बस्ने माओवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us