अवैध विदेशी मुद्रासहित तीन चिनियाँ पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख २० गते १२:०८ मा प्रकाशित

सिन्धुपाल्चोक, २० वैशाख– प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट अवैध विदेशी मुद्रासहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाण्डुबाट तातोपानीतर्फ जाादै गरेको बा १ च ७६७३ नम्बरको जिपमा राखेर लैजाँदै गरिएको अवस्थामा अवैध मुद्रासहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक हङ क्युङ ली, ग्वाङ यु ली, दोङ फाङ झाङ र चालक प्रेम श्रेष्ठ छन् ।

पक्राउ परेकाहरुका साथबाट २४ हजार ७ सय अमेरिकन डलर, ६३ हजार २ सय ११ चिनियाँ युआन, ४३ हजार नेपाली रुपैयाँ र ९ लाख ५५ हजारका विभिन्न चेक बरामद गरिएको बाह्रबिसे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्यसबारे आवश्यक अनुसन्धान भइरहेको छ । यसैबीच सर्लाहीको गौरीशंखर–९ स्थित घाटटोलबाट ठूलो संख्यामा हतियार बरामद भएको छ । उखुबारीमालुकाई राखेको अवस्थामा तीन थान भरुवा बन्दुक, ५ सय ग्राम बारुद र फलामका छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीले हतियार लुकाएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us