तस्करले गोली हानेर गैंडा मारे

काठमाण्डु टुडे २०७१ वैशाख २० गते ११:३३ मा प्रकाशित

चितवन, २० वैशाख– चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा शिकारीले गैंडा मारेका छन् ।
चोरी शिकार शून्य बर्ष मनाएको केही साता नबित्दै शिकारीले गैंडा मारेका हुन् । निकुञ्ज प्रवक्ता एवम् सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले प्रस्तावित दोभान मध्यवर्ती सामुदायिक वनभित्र गैंडा गोली लागेर मरेको अवस्थामा भेटिएको बताए ।

उनका अनुसार शुक्रबार राति गोली पड्केको आवाज सुनिएको थियो । गैंडाको खाग तस्कर समूहले लगेको छ । २०६९ फागुनपछि चितवन निकुञ्जमा गैंडा तस्करी भएको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us