दलहरुजस्तै पत्रकार पनि मिल्नुपर्छ: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ वैशाख २० गते १०:३५ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारहरुलाई ध्रुवीकरणमा नलाग्न आग्रह गरेका छन् ।
Sushil-Koiralaनेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनको राजधानीमा शनिबार उदघाटन गर्दै उनले पत्रकारहरुबीचको धु्रवीकरणको संकेत राम्रो नभएको बताए । शान्तिप्रक्रिया र संविधान निर्माणमा दलहरु एकजुट भएजस्तै पत्रकारहरु मिल्नुपर्ने भनाइ कोइरालाको थियो ।

पत्रकारहरु एक जुट भएर अघि बढे दलहरुलाई समेत दबाब पुग्ने कोइरालाले बताए । कोइरालाले एक वर्षभित्र संविधान निर्माण भई मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने भन्दै सबै पत्रकारले आगामी ८–१० वर्षमा पत्रकारितामा लागेकाहरुले कार चढेर हिंड्ने दिन आउने दाबी गरे ।

कोइरालाले आफ्नो नेतृत्वको सरकारले काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै पत्रकारलाई सत्य सूचना सम्प्रेषण गर्न भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us