काठमाण्डु, २० वैशाख – एकीकृत माओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका नेताहरुको वैचारिक विचलन, सांगठनिक संरचना र कार्यशैलीका कारण पार्टी न हाँस न कौवाको चालजस्तो अवस्थामा रहेको टिप्पणी गरेका छन् ।
दाहालको प्रतिवेदनमा नेता बाबुराम भट्टराईले अघि सारेको नयाँ शक्तिलाई भने ठाडै अस्वीकार गरिएको छ । बन्द सत्रमा दाहालको राजनीतिक प्रतिवेदन पेस हुने भएको छ ।
एमाओवादीका नेता हरिबोल गजुरेलले विराटनगरमा जारी राष्ट्रिय सम्मलेनले विशेष महाधिबेशनका लागि बाटो खुला भएको बताएका छन् । पार्टी भित्र आपसी मतभेद भएपनि अहिले एउटै प्रतिबेदन पेश भएको र असहमतिका बुदाँहरु आउदो विशेष महाधिबेशनले टुंगो लगाउने उनले बताए ।
अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिबेदनमा एकीकृत माओवादीलाई पुरानै क्रान्तिकारि धारमा फर्काउने गरी आएको नेता गजुरेलको भनाई छ ।
संसदीय अभ्यासमा फसिसकेको माओवादी कसरी पुरानै धारमा जाला भन्ने जिज्ञाषामा नेता गजुरेलले अहिले सक्रमणकालिन अबस्थामा रहेकाले माओवादीले पुरानै साख फर्काउने गरि काम गर्ने बताए ।