पत्रकार महासंघको महाविधेशन सुरु

काठमाण्डु टुडे २०७१ वैशाख २० गते २:२५ मा प्रकाशित

fnj logoकाठमाण्डु, २० वैशाख – नेपाल पत्रकार महासंघको २४औं महाधिवेशन शुक्रबारबाट काठमाण्डुमा सुरु भएकाे छ ।

देशभरका एक ६ सय ५१ सभासद् केन्द्रीय प्रतिनिधि सहभागी महाधिवेशनको प्रधानमन्त्री सुशील कोइरालालले प्रज्ञा भवनमा शनिबार उदघाटन गरेका छन् ।

उद्घाटनअघि ‘संविधानसभामार्फत एक वर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान’ भन्ने नारासहित भृकुटीमण्डपबाट महाधिवेशनस्थलसम्म प्रभातफेरिको गरिएकाे थियो ।

यसैबीच महाधिवेशनअन्तर्गत  बन्दशत्र सकिएको छ ।काठमाण्डुकाे कमलादीस्थित प्रज्ञा भवनमा भएको  बन्दशत्रले विधान स‌शाेधन गर‍्नुका साथै महासिचव र काेषाध्यक्षकाे प्रतिवेदन सर्वसम्मत पारित गरेकाे छ । महासंघको नयाँ नयाँ नेतृत्वका लागि अाइतबार निर्वाचन हुने भएकाे छ ।

महासंघको नयाँ नेतृत्वका लागि महेन्द्र विष्ट र पाेषण केसीकाे प्यानल चुनावी मैदानमा छ । विष्टलाइ प्रेस चाैतारी , क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघ तथा केसीलाइ प्रेस युनियनकाे समर्थन छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us