निःशुल्क पाएको ब्लडब्याग रेडक्रसले बेच्ने

काठमाण्डु टुडे २०७१ वैशाख २० गते २:१३ मा प्रकाशित

काठमाण्डु, २० वैशाख – बिरामीका आफन्तलाई रगत परीक्षणमा लाग्ने शुल्कमा राहत प्रदान गर्ने उद्देश्यले सरकारले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रलाई दुई लाख थान ब्लडब्याग ( (सिंगल ब्याग )निःशुल्क उपलव्ध गराएको छ ।

तर ब्लड बैकले भने राहत नदिई सो ब्याग बापत रकम असुल्ने बताएको छ । रक्तदान सेवालाई व्यवस्थित गर्न र सर्वसाधरणले केही भए पनि राहत पाऊन् भनेर सरकारले नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको ब्लड बैंकलाई ब्लडब्याग निःशुल्क उपलव्ध गराएको हो ।

हाल ब्लड बैंकबाट रगत लिँदा बिरामीका आफन्तले ब्लडव्यागको ८० रुपैयाँ तिर्दै आएका छन् । ब्लडव्याग उपलव्ध गराउने तग बर्षकै योजना भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपटक बल्ल कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले चिनियाँ कम्पनी सुजौलासले बनाएको ब्याग खरिद गरेको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us