मिनीट्रकको ठक्करबाट एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते १०:०४ मा प्रकाशित

ललितपुर, १९ वैशाख –  ललितपुरको ठैँवमा मिनीट्रकको ठक्करबाट आज एक जना महिलाको ज्यान गएको छ ।

गोदावरीबाट सातदोवाटो तर्फ जान लागेको वा१ख ८५७९ नम्बरको मिनीट्रकले बिहान करिब ९ बजे ठक्कर दिएका स्थानीय ४० वर्षीया कम्लेश्वरी श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई बी एन्ड बी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

ठक्कर दिने मिनीट्रक र चालक मनिस क्षेत्रीलाई अनुसन्धानका लागि सातदोवाटो प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us