विवादका कारण एमाओवादीको बन्दसत्र हुन सकेन

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते ९:०७ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १९ वैशाख –दिउँसो एकबजेदेखि हुने भनिएको एकिकृत नेकपा माओवादीको राष्टिय सम्मेलनको बन्द सत्र अझै शुरु हुन सकेको छैन ।

केही जिल्लाहरुबाट अझै लेवी नआएको र विभिन्न जिल्लामा गठन भएका समानान्तक कमिटिलाई कसरी व्यवस्थित गर्ने भन्ने विवाद भएका कारण बन्द सत्र शुरु हुन नसकेको हो ।

लेवीको बिषयलाई लिएर विवाद बढेपछि बन्दसत्र सुरु हुन नसकेको एक नेताले बताए । धनुषालगायतका जिल्लाका प्रतिनिधीहरु धर्नामा बसेका छन् । बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले राजनैतिक तथा सांगठनिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

अध्यक्षको प्रस्तावमाथि आजैदेखि छलफल शुरु हुने माओवादीले जनाएको छ । अध्यक्षको प्रस्तावमा हेटौडा महाधिबेशनको पुर्णता दिंदै पार्टिलाई समाजवादी क्रान्तीमा केन्द्रीत गर्ने, काम कार्वाहीको समिक्षा, संगठन सुदृढीकरण, एक कम्युनिष्ट केन्द्र बनाउने लगायत बिषय समेटिएको छ ।

यसअघि २ सय ६८ सदस्यीय केन्द्रीय समिति रहेको एकिकृत माओवादी सम्मेलन पछि ९९ सदस्यीय हुने बताएको छ । त्यसमध्ये ७५ प्रतिशतका लागि चुनाव हुने र अन्य २५ प्रतिशतलाई हेडक्वाटरले मनोनयन गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us