विराटनगरमा एमाओवादीको बन्दसत्र सुरु

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते ३:३९ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १९ वैशाख – विराटनगरमा जारी एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा बन्द सत्र सुरुहुदै छ ।

विभिन्न जिल्लाहरुमा प्रतिनिधी छनौटको विवाद सल्टाएपछि बन्दसत्र सुरु हुने एक नेताले जानकारी दिए । विवाद सुल्झाउन अहिले पदाधिकारी बैठक बसी रहेको छ ।

हिजो राती अबेर सम्म बसेको बैठकमा समानान्तर कमिटि भएका जिल्लाबाट दुबैलाई मान्यता दिने र विवादित जिल्लाहरुबाट पदाधिकारीले प्रतिनिधी छनौट गर्ने सहमति भएको थियो ।

पार्टी भित्र विवाद बढ्दा रौतहट र पर्सामा समानान्तर कमीटि गठन भएको छ भने सुनसरी, भक्तपुर रसुवा लगाएत ५ वटा जिल्लाले प्रतिनिधी छान्न सकेका छैनन् ।

कुनैपनि जिल्ला प्रतिनिधी विहिन नगराउने भन्दै सवै छिनोफानो पदाधिकारी बसेर टुंगाउने गरि छलफल भइरहेको माओवादी प्रबक्ता दिनानाथ शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us