चट्याङबाट एकको मृत्यु, चार घाइते

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते १:५८ मा प्रकाशित

हेटौँडा, १९ वैशाख – गएरातिको हुरीबतास वर्षासँगै परेको चट्याङबाट मकवानपुरमा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

मकवानपुर नामटार गाविस–१ का वीरबहादुर गोलेको घरमा गएराति चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङले घरमा समेत क्षति पु¥याएको छ । यसैगरी गएराति नै चुरिमाइ गाविस–४ का हर्कबहादुर घिसिङको घरमा चट्याङ पर्दा घरमा रहेको चारजना घाइते भएका छन् ।

उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us