अर्घाखाँची दुर्घटनाप्रति दलहरुद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते १३:५० मा प्रकाशित

काठमाण्डु, १८ वैशाख – अर्घाखाचीको नरपानी र सन्धिखर्कमा बिहीबार भएको सडक दुर्घटनामा परी १९ जनाको निधन र २३ यात्रु घाइते भएको घटनाप्रति नेकपा–माओवादी र जनमोर्चा नेपालले आज छुट्टाछुट्टै विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन् ।

माओवादीका प्रवक्ता पम्फा भुसालले आज एक वक्तव्यमार्फत निधन भएकाहरुप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

दुर्घटनामा परी मगरात समिति सदस्य तथा अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सदस्य नरेन्द्र बञ्जाडेको पनि निधन भएको छ ।

त्यसैगरी, जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त आफन्तहरूप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । ‘खबरले स्तब्ध र मर्माहत बनाएको छ ।

घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘घाइतेहरूको उपचार र मृतकका आफन्तहरूलाई उचित क्षतिपूर्तिका लागि हामी सरकारस“ग जोडदार माग गर्दछौ । ’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us