
काठमाण्डु, १८ वैशाख –एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाभित्र र बाहिर दिर्घकालिन राजनीतिक मोर्चा बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय सम्मलेनको विराटनगरमा उद्घाटन गर्दै प्रचण्डले सम्मलेनबाट मोर्चा बनाउने प्रस्ताव पास हुने बताए ।
प्रचण्डले भने ‘ सम्मेलनमा मोर्चा निर्माण सम्बन्धि प्रस्ताव लैजादैछु, पास हुन्छ र त्यही अनुसार अघि बढ्छौं । ’
राष्ट्रिय आत्मसमर्पणवाद बिरोधी कम्युनिष्टलाई एउटै केन्द्रमा ल्याउने प्रस्ताव समेत पास गर्ने प्रचण्डको भनाई छ ।
मोर्चामा मधेशी, जनजाती, महिला, दलित, हिमाली सवैक्षेत्रको प्रतिनिधित्व हुने प्रचण्डले दावी गरे ।
अवको चुनावमा एमाओवादी आँधीहुरी झैं आउने प्रचण्डले बताए ।
अबको चुनावमा माओवादीले जित्ने प्रचण्डले दावी गरे ।
प्रचण्डका अनुसार पार्टीले अव पुर्नजिवन पाउनेछ ।
सम्मेलनलाई सम्बोधन गर्दै नेता बावुराम भट्टराईले आवेग र भावनामा आएर क्रान्ति नहुने बताए ।
नारायणकाजी श्रेष्ठ प्रकाशले राष्ट्रिय पूजीको विकास र उत्पादन निर्माणको दिशामा अघि बढेमात्रै समाजवादी क्रान्तिको आधार तयार हुने बताए ।