संविधानका लागि एक वर्ष धैर्य गर्नुस् – प्रधानमन्त्री कोइराला

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते १०:०८ मा प्रकाशित

sushil koiralaभक्तपुर, १७ वैशाख –  प्रधानमन्त्री सुशील कोइरालाले संविधानका लागि एक वर्ष धैर्य गर्न आग्रह गरेका छन् । भक्तपुरको लोकन्थलीस्थित बिपी नेत्र प्रतिष्ठान बाल आँखा, कान, नाक, घाँटी अस्पताल एवम् पुनःस्थापना सेवाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले एक वर्षभित्र संविधान जारी हुने भएकाले त्यतिञ्जेल धैर्य गर्न आग्रह गरे ।

संविधान दिने अठोटका साथ सरकार निर्माण भएको बताउँदै प्रधानमन्त्री कोइरालाले संविधान जारी भएको आठ-दश वर्षमा मुलुकको विकासमा कायापलट हुने दाबी गरे । शान्ति र विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउदै प्रधानमन्त्री कोइरालाले जलविद्युत्, पर्यटन, जडीबुटीलगायतका प्राकृतिक स्रोतसाधनको समुचित सदुपयोग गर्नुपर्ने कुरामा जोड दिए ।

अब मुलुकले कुनै किसिमको द्वन्द्व र कलह खेप्न नसक्ने उल्लेख गर्दै उनले शान्ति स्थापनासँगै विकासमा सबै पक्षको सहयोगको खा“चो औँल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us