स्ववियु निर्वाचनमा सहभागी हुन आग्रह

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते ८:५६ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनप्रति असन्तुष्ट विद्यार्थी सङ्गठनलाई छलफलद्वारा सहमति गरी निर्वाचनमा भाग लिन प्रमुख राजनीतिक दलसंग आवद्ध विद्यार्थी संगठनहरुले आग्रह गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनुरास्ववियु (छैटौँ), नेपाल प्रजातान्त्रिक विद्यार्थी सङ्घ र समाजवादी विद्यार्थी सङ्घलगायतले आज पत्रकार सम्मेलन गरी अखिल(क्रान्तिकारी) लगायत असन्तुष्ट सङ्गठनलाई निर्वाचन विरोधी गतिविधि रोकी निर्वाचनमा सहभागी हुनका लागि आग्रह गरेका हुन ।

कार्यक्रममा विद्यार्थी स¬ङ्घका नेता तथा सभासद् रञ्जीत कर्णले हाल सञ्चालन भइरहेको निर्वाचन विरोधी गतिविधि रोकी सबै विद्यार्थी सङ्घ÷सङ्गठनलाई निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले स्ववियु मोर्चाको अगुवाइमा नयाँ संविधानमा शिक्षा, स्वास्थ्य, रोजगार तथा खाद्य अधिकार लगायतका महत्वपूर्ण विषयलाई मौलिक हकका रुपमा उल्लेख गर्नुपर्ने अवस्थामा सिङ्गो विद्यार्थी आन्दोलनलाई नै असफल बनाउने गरी स्ववियु निर्वाचनको विरोध गर्नु गलत भएको टिप्पणी गरे ।

अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले त्रिभुवन विश्वविद्यालयमा जस्तै अन्य सबै विश्वविद्यालयमा तत्काल स्ववियु निर्वाचनको तालिका सार्वजनिक गर्न माग गरे ।

ती विद्यार्थी सङ्गठनहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ,– बिना कारण निर्वाचनमा भाग लिँदैनाँै भन्नु पराजित मानसिकताको उपज हो, निर्वाचन भाड्नका निम्ति क्याम्पसमा तालाबन्दी गर्नु खेदजनक विषय हो ।’

आगामी जेठ १४ मा स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us