चिडियाखानाको पुनः निर्माण कार्य अन्तिम चरणमा

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते ८:५४ मा प्रकाशित

ललितपुर, १७ वैशाख – जावलाखेलस्थित नेपालको एकमात्र चिडियाखानाको पुनः निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाँच वर्षे योजनाअनुसार विसं २०६८ बाट सुरु गरिएको जीवजनावरको वासस्थानका निर्माण कार्यलाई तीव्ररुपमा अघि बढाइएको हो ।

हालसम्ममा टिकट लिने स्थान, सूचना केन्द्र, पान्डाको लागि आधुनिक किसिमको वातानुकुलित खोर निर्माणको काम पुरा भएको चिडियाखानाका प्रमुख सरिता ज्ञवालीले बताइन । त्यसैगरी बाघको खोर, कर्मचारीको लागि तालिम कक्ष, साना स्तनधारीको लागि खोर, दर्शकलाई अवलोकन गर्न सहज होस् भनेर बीचबीचमा बाटो निर्माण भइरहेको छ ।

अहिले सम्म धेरै काम गरिसक्नु पर्ने भएपनि ठेकेदारको ढिलाइले गर्दा लक्ष्यअनुरुप काम हुन नसकेको सहायक क्युरेटर गणेश कोइरालाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us