चट्याङ लागेर महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते ७:५७ मा प्रकाशित

इलाम, १७ वैशाख – वर्षासँगै परेको चट्याङ लागेर इलामको शान्तिपुर–८ मा गएराति एक महिलाको मृत्यु भएको छ ।  घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ३८ वर्षीया सुदीक्षा लाप्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यस्तै सोही स्थानकी ४० वर्षीया फूलमाया लाप्चा, २८ वर्षीया धनमाया लाप्चा र २२ वर्षीय सनम छिरिङ लाप्चा गम्भीर घाइते भएका छन् । घाइतेको झापास्थित कन्काई अस्पतालमा उपचार भइरहेको छ । यस्तै, चट्याङ लागेर जीतपुर– ९ का ७० वर्षीय कर्णबहादुर लिम्बू घाइते भएका छन् । उनको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us