संसदका बिभिन्न समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते ४:५० मा प्रकाशित

काठमाण्डु, १७ वैशाख – व्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखा समितिको वैठक आज बस्ने भएको छ । समितिको कार्यालय सिंहदरबरमा बस्ने बैठकमा आज सभासदहरुसँग परिचयात्मक कार्यक्रम हुने छ ।

अहिले सम्म सभापति चयन नभएकाले जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने छ ।

समितिको सभापति प्रतिपक्षी दलबाट चुनिने प्रावधान रहेपनि अझै प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले सभापतिकालागि सिफारिस गरेको छैन ।

यसैगरी संविधानसभा अन्र्तगतको क्षमता अभिबृद्धि तथा स्रोत व्यबस्थापन समिति र नागकिर सम्बन्ध तथा संविधान सुझाब समितिको बैठक आज बस्ने भएका छन् । दुवै बैठक नयाँ बानेश्वरस्थित संविधानसभा भबनमा बस्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us