ओलीलाई बैंकक लगिदै

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते ३:२८ मा प्रकाशित

kp-oli_20110601090027काठमाण्डु, १७ वैशाख – एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि बैंकक लगिने भएको छ ।

काठमाण्डुमा भीडभाडका कारण उपचारमा समस्या भएको भन्दै थप उपचारका लागि बैंकक लागिन लागिएको हो । नेता ओलीलाई आजै बंैकक लगिने तयारी गरिएको छ ।

ओलीलाई बैंककको बमरुगान अस्पतालमा उपचार गरिनेछ । ज्वरो आउने, वान्ता हुने क्रम नरोकिएपछि ओलीलाई आइतबार राती शिक्षण अस्प्ताल महाराजगन्जमा भर्ना गरिएको थियो ।

अस्पतालले फङगल्स म्यानेन्जाइटिस भएको पुष्टि गरेपछि थप उपचारका लागि ओलीलाई बैंकक लैजान लागिएको हो ।

भारतको नयाँ दिल्लीमा दुई महिना लामो उपचार गराएर ओली २ हप्ता अघि मात्र नेपाल फर्किएका थिए ।

ओलीलाई एयर एम्बुलेन्सबाट बैंकक लगिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us