पर्यटन बोर्डमा अनियमितता

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते १:३५ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख – पर्यटन बोर्डले नेपाल आउने पाहुनाबाट लिइने पर्यटक सेवा शुल्क लगायतबाट आउने रकम सार्वजनिक ऐनसमेतको अपव्याख्या गरी मनोमानी ढंगबाट खर्च गरेको खुलेको छ ।

कान्तिपुर दैनिकले छापेको छ ‘आर्थिक विनियमावली २०१३’मा संशोधन गरी प्मुख कार्यकारी अधिकृतलाई ऐनले तोकेभन्दा धेरै बढी सीधै खर्च गर्न सक्ने अधिकार दिइएको छ ।
सार्वजनिक खरिद ऐनअनुसार सार्वजनिक तहमा स्थापना भएका संस्थान, बोर्ड, काउन्सिल र अन्य प्राधिकरणले १० लाख रुपैयाँभन्दा बढीको सामान या सेवा लिन बोलपत्र आव्हान गर्न आवश्यक छ ।

बोर्डको नयाँ विनियमावलीमा २५ लाख रुपैयाँसम्म बोलपत्र नै आव्हान नगरी सीधै खरिद गर्न सकिने व्यवस्था गरिएको छ । यसैगरी ऐनमा भएको सोझै खरिद गर्ने व्यवस्थाको समेत अपव्याख्या गरेको व्यवसायीको आरोप छ ।

विनियमावलीले प्रमुख कार्यकारीलाई देशभित्र १ करोड र बाहिर ४ लाख डलर करिब ४ करोड सोझै खर्च गर्न पाउने व्यवस्था पनि गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव अनुप उपाध्यायले बोर्डमा पनि ऐन लागू हुने र त्यसभन्दा बाहिरको व्यवस्था गर्न नमिल्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us