काठमाण्डु, १६ वैशाख – उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको भनी ओरापीत एमाओवादीका पुर्व सभासद बालकृष्ण ढुंगेल अहिलेसम्म फेला नपरेको बताएका छन् ।
‘बालकृष्ण ढुंगेलमाथि सरकार र प्रहरीको दृष्टी नपुगेकै हो’, रिपोटर्स क्लव नेपालद्वारा मंगलवार आयोजित साक्षात्कार कार्यक्रममा गृहमन्त्री गौतमले भने, ‘जहिलेदेखी राज्यले पक्राउ गर्ने तदारुकता देखायो, त्यसबेला देखी उनी राज्यको पहूँचबाहिर छन् ।’
सत्य निरुपण तथा मेलमिलापविधेयकपास भइसकेकाले विपक्षीसँगको भागबण्डाका आधारमा बालकृष्णलाई पक्राउ नगर्ने सोच हो की भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यस्तो होइन । हामीले पक्राउ गर्न खोज्दा उनी फेला नपरेका हुन । उनलाई फेलापार्न सकिएको छैन ।’ उनले फेला परेमा कानून बमोजिमको कार्वाही गरिने पनि बताए ।