कपिलवस्तु, १६ वैशाख – सशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको गुगौलीबाट २० के.जी.चरेश बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस देवीपुरबाट गस्तीमा खटिएको एपीएफ टोलीले उक्त चरेश बरामद गरेको हो । वेवारिसे अवस्थामा फेला परेको उल्लेखित परिमाणको चरेश एपीएफ टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको डिएसपी अजय छटकुलीले जानकारी दिए ।