
काठमाण्डु, १६ वैशाख – नेपाल पत्रकार महासंघको नयाँ भवन तयार भएको छ । नवनिर्मित भवनको भोलि राष्ट्रपति डाक्टर रामवरण यादवले एक समाराेहका वीच उदघाटन गर्ने कार्यक्रम छ । ६ करोडको लगानीमा भवन निमार्ण भएको हो । बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँ सरकारले भवन निमार्णका लागि मात्रै ४ करोड उपलब्ध गराएको थियो ।