सबैलाई समेटेर अघि बढ्न सक्ने व्यक्तिलाई अध्यक्ष बनाउनुपर्छ : नेपाल

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते १०:५० मा प्रकाशित

madav nepalवीरगन्ज, १६ वैशाख – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमालेमा सहमति र सहकार्यको माध्यमबाट पार्टीलाई एकताबद्ध एवम् सङ्गठनात्मक रुपमा बलियो बनाउने अभियानमा आफू लागेको बताएका छन् ।

रौतहट जिल्लाका विभिन्न गाविसमा भएको आगलागीबाट पीडित परिवारलाई राहत वितरणका लागि आज बिहान रौतहटको मत्सरीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीमा लोकतान्त्रिक प्रक्रियाअनुसार आमूल परिवर्तनको खाँचो रहेकाले सबैलाई समेटेर अघि बढ्न सक्ने योग्य व्यक्तिलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिए ।

वरिष्ठ नेता नेपालले गुटबन्दी प्रथालाई समाप्त पार्दै नयाँ शिराबाट पार्टीलाई बलियो बनाउने अभियानमा आफू लागिपरेको स्पष्ट पारे ।

ब्रह्मपुरी गाविसका २२ जनालाई जनही दश हजार, मृतक परिवारलाई १५ हजार तथा मत्सरी र पचरुखी गाविसका दुई परिवारलाई जनही दश हजार राहतस्वरुप वरिष्ठ नेता नेपाल आफैँ पुगेर आगलागी पीडित परिवारलाई वितरण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us