पत्रकार महासंघको महाधिबेशनमा १६ सय पार्षद

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते ७:४४ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख –  नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि देशभरबाट १६ सय पार्षद चयन भएका छन् । बिदेश शाखा,जिल्ला शाखा र प्रतिष्ठानबाट गरी १६ सय पार्षद चयन भएको महासंघले जनाएको छ ।
महासंघको चुनाव आगामी वैशाख २० र २१ गते काठमाण्डुमा सुरु हुदैँछ । महाधिवेशनका लागि पोषण केसी र डाक्टर महेन्द्र बिष्टले उमेद्वारी दिने घोषणा गरीसकेका छन् ।  उनीहरु अहिले चुनावी वातावरण तय गर्न व्यस्त छन् । एमाले निकट प्रेश चौतारीका बिष्टलाई एकीकृत माओवादी निकट क्रान्तिकारी पत्रकार संघले समर्थन गर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us