सरकार अलोकतान्त्रिक ढंगले चल्यो: केसी

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते ५:४३ मा प्रकाशित

arjun narsingh kc_20120922061538विराटनगर, १५ वैशाख– सरकारको कामकारबाहीप्रति सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसभित्रैबाट असन्तुष्टि व्यक्त हुन थालेको छ ।
जनस्तरमा सरकारको कामकारबाही सुस्त भएको भन्दै टिप्पणी भइरहेका बेला काँग्रेसकै एक प्रभावशाली नेताले सरकारको कडा आलोचना गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सभापति सुशील कोइराला नेतृत्वको सरकार एकलौटी ढंगले अघि बढेको आरोप लगाएका हुन् । सरकार पार्टीको संस्थागत निर्णयविपरीत चलेको भनाइ उनको थियो ।

‘सुशील कोइराला लोकतन्त्रप्रति प्रतिबद्ध नेता हो’, केसीले भने, ‘तर यो सरकार पार्टीको निर्णय, विधि र पद्धतिविपरीत अलोकतान्त्रिक ढंगले अघि बढेको छ ।’ उनले प्रधानमन्त्रीसहित पार्टीबाट सरकारमा सहभागी मन्त्रीले आफैंलाई काँग्रेस ठानेको भन्दै कटाक्ष गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us