पत्रकार महासंघ काभ्रेमा सापकोटा

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते ५:१६ मा प्रकाशित

fnj logoकाभ्रे, १५ वैशाख– नेपाल पत्रकार महासंघको सबैभन्दा विवादित काभ्रे शाखाको अधिवेशन सम्पन्न भएको छ ।

सोमबार बिहान सम्पन्न ९ औं अधिवेशनबाट अध्यक्षमा प्रेस युनियनका नारायण सापकोटा ४८ मत ल्याएर निर्वाचित भएका छन् । सापकोटाले प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघको संयुक्त प्यानलका मधुसूदन गुरागाईंलाई एक मतले पराजित गरे ।

गुरागाईंले ४७ मत ल्याए । उपाध्यक्षमा रमा दाहाल, सचिवमा बद्री तिमल्सिना र कोषाध्यक्षमा युनियनकै उजाड रत्तिम निर्वाचित भए । सदस्यहरुमा सापकोटा प्यालनकै कपील कोइराला, नगेन्द्र अधिकारी, उषा मानन्धर, रामचन्द्र रम्तेल र श्रीकृष्ण बादे निर्वाचित भए ।

यस्तै गुरागाईं प्यानलबाट सदस्यमा केदार तिमल्सिना, केशवराज पौडेल र जिवन खड्गी निर्वाचित भएका छन् । यस्तै १४ केन्द्रीय पार्षदमा ७ युनियनका र ७ संयुक्त प्यानलका विजयी भएका छन् ।

युनियनबाट भीम गौतम, शिव दाहाल, भोला थापा, महेश पौडेल, खगेन्द्र भण्डारी, ईश्वरी ओझा र दीपेन्द्र लामा तथा संयुक्त प्यानलबाट प्रल्लाद शर्मा हुमागाईं, फुलमान वल, नवराज बजगाईं, रामशरण बजगाईं, राजकुमार मैनाली, राजकुमार पराजुली र भुवन भोछिभोया चुनिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us